दफा ११
बोर्डको पूर्व स्वीकृति लिनु पर्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी संस्थापना गर्नु अघि बोर्डको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वीकृति प्रदान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।